एनएमबि बैंकको लाभांश पाउन पुस १० गतेसम्म सेयरधनी बन्नुपर्ने

<p>काठमाडौं ।  एनएमबि बैंकले बुक क्लोज मिति तोकेको छ । बैंकको बुधबार बसेको संचालक समितिले २७ &#x200d;औं वार्षिक साधारणसभाको लागि पुस ११ गते एकदिन बुक क्लोज मिति तोकेको हो । यसर्थ पुस १० गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कायम भएका बैंकका सेयरधनीले मात्र लाभांश पाउनेछन् । बैंकले गत वर्षको नाफाबाट यस वर्ष सेयरधनीलाई ८.२५ प्रतिशत लाभांश प्रस्ताव गरेको [&hellip;]</p>

काठमाडौं ।  एनएमबि बैंकले बुक क्लोज मिति तोकेको छ । बैंकको बुधबार बसेको संचालक समितिले २७ ‍औं वार्षिक साधारणसभाको लागि पुस ११ गते एकदिन बुक क्लोज मिति तोकेको हो ।

यसर्थ पुस १० गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कायम भएका बैंकका सेयरधनीले मात्र लाभांश पाउनेछन् । बैंकले गत वर्षको नाफाबाट यस वर्ष सेयरधनीलाई ८.२५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

बैंकले पुस २५ गतेको लागि साधारणसभा बोलाएको छ ।

Share News