काठमाडाैं । एचआइडिसिएल गत वर्षकाे लाभांशबाट सेयरधनीलाई दिन लाभांश प्रस्ताव गरेकाे छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको हाे ।
सो लाभांश पारित गर्न कम्पनीले पुस २६ गते एघारौं वार्षिक साधारण सभा बोलाएको छ । प्रस्तावित लाभांश साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।