मन्दाकिनी हाइड्रोपावरले गर्यो लाभांश घोषणा

<p>काठमाडौं । मन्दाकिनी हाइड्रोपावरले लाभांश प्रस्ताव गरेको छ । हाइड्रोपावरले गत वर्षको नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीको बिहीबार बसेको संचालक समितिको बैठकले लाभांश प्रस्तावसँगै वित्तिय विवरण वार्षिक साधारसभामा पेश गर्ने निर्णय गरेको छ । कम्पनीले गरेको यो पहिलो लाभांश प्रस्ताव हो । प्रस्तावित लाभांश [&hellip;]</p>

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरले लाभांश प्रस्ताव गरेको छ । हाइड्रोपावरले गत वर्षको नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीको बिहीबार बसेको संचालक समितिको बैठकले लाभांश प्रस्तावसँगै वित्तिय विवरण वार्षिक साधारसभामा पेश गर्ने निर्णय गरेको छ ।

कम्पनीले गरेको यो पहिलो लाभांश प्रस्ताव हो । प्रस्तावित लाभांश साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

Share News