
काठमाण्डौं । एन.आर.एन. नेपाल डेभलपमेन्ट फन्डले आफ्नो वार्षक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले प्रथम वार्षिक साधारण सभा पुस २६ गते कम्पनीको रजिष्टर्ड कार्यलय बालुवाटार, काठमाण्डौंमा साँझ ५ बजे बोलाएको हो ।
कम्पनीको सभाले आर्थिक वर्ष २०७७/७८ र २०७०/७९ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण सहितको लेखापरीक्षण प्रतिवेदन, संचालक समितिद्वारा नियुक्त गरिएको लेखापरीक्षकको नियुक्ती अनुमोदन र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने र संचालकहरुको नियुक्तिका लागि निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीको सभाले सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको जम्मा ३ प्रतिशत अर्थात् २३ लाख ९९ हजार ५ सय रुपैयाँ बराबरको (कर सहित) लाभांश वितरण गर्ने छ ।
यस्तै, आर्थिक वर्ष आर्थिक वर्ष २०७७/७८ र २०७०/०७९ को सचालकहरुको बैठक तथा अन्य सुविधा भत्ता खर्च अनुमोदन गर्ने र संचालकहरुको बैठक, भ्रमण भत्ता तथा अन्य सुविधा तथा खर्च निर्धारण गर्नेछ ।