लाभांश प्रस्ताव पारित गर्न नेपाल हाइड्रोले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

<p>काठमाडौं । नेपाल हाइड्रो डभलोपरले आफ्नो वार्षिक साधारण सभो बोलाएको छ । कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले १६ औं वार्षिक साधारणसभा पुस २९ गते बिहान ११ बजे नक्साल काठमाडौंमा बोलाएको हो । कम्पनीको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी ३१ करोड ९९ लाख ३० हजार रुपैयाँको [&hellip;]</p>

काठमाडौं । नेपाल हाइड्रो डभलोपरले आफ्नो वार्षिक साधारण सभो बोलाएको छ । कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले १६ औं वार्षिक साधारणसभा पुस २९ गते बिहान ११ बजे नक्साल काठमाडौंमा बोलाएको हो ।

कम्पनीको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी ३१ करोड ९९ लाख ३० हजार रुपैयाँको ५ प्रतिशत अर्थात् १ करोड ५९ लाख ९६ हजार ५ सय रुपैयाँ बोनस सेयर र ०.२६३२ प्रतिशत अर्थात् ८ लाख ४१ हजार ९२१ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै, सञ्चालक समितिको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक तोक्ने, ४ जना सञ्चालकहरुको निर्वाचन गर्नेछ ।

यस्तै, बोनस सेयर निष्काशन प्रयोजनका लागि कम्पनीको जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने तथा सोही अनुरुप प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने,

कम्पनीले वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस ११ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेन्जमा पुस ७ गतेसम्म कारोबार भई कायम सेयरधनीहरुले सभामा भाग लिन, मतदान गर्न र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

Share News