महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस भन्दा नगद बढी

<p>काठमाडौं । महालक्ष्मी विकास बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई १०.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत अर्थात् १६ करोड ४ लाख ३५ हजार [&hellip;]</p>

काठमाडौं । महालक्ष्मी विकास बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई १०.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत अर्थात् १६ करोड ४ लाख ३५ हजार ३३१ रुपैयाँ बोनस सेयर र ६.४७ प्रतिशत अर्थात् २५ करोड ९५ लाख ४ हजार १४७ रुपैयाँ नगद गरी कूल १०.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भइ आगामी साधारण सभाले पारि गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।

Share News