काठमाडौं । आइतबार सेयर बजार २८.८६ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार आइतबार सेयर बजार घटेर १८५३.७४ विन्दुमा पुगेको छ ।
यसरी सेयर बजार घट्दा दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट र दुई कम्पनीको सेयरमा नकारात्कम सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा इस्टर्न हाइड्रोपावर र ग्लोबल आइएमई ब्यालेन्सड फण्ड रहेको छ भने नकारात्मक सर्किट लाग्नेमा रुरु जलविद्युत र पिपुल्स हाइड्रोपावर रहेको छ ।
नेप्सेको अनुसार आज ३७ लाख कित्ता सेयर किनबेच हुँदा एक अर्ब बढीको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार कृषि विकास बैंकको भएको छ ।