फिफा विश्वकपमा फ्रान्सलाई हराउँदै अर्जेन्टिना च्याम्पियन

<p>काठमाडौं । कतारमा सम्पन्न भएको फिफा विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । फाइनल खेलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै अर्जेन्टिना विजेता बनेको हो । यससँगै अर्जेन्टिनाले तेस्रो पटक विश्वकपको उपाधि जितेको छ । अर्जेन्टिनाले यस अघि सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि जितेको थियो । लुसिल स्टेडियममा भएको खेल [&hellip;]</p>

काठमाडौं । कतारमा सम्पन्न भएको फिफा विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । फाइनल खेलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै अर्जेन्टिना विजेता बनेको हो ।

यससँगै अर्जेन्टिनाले तेस्रो पटक विश्वकपको उपाधि जितेको छ । अर्जेन्टिनाले यस अघि सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि जितेको थियो । लुसिल स्टेडियममा भएको खेल निर्धारित ९० मिनेटमा २–२ गोलको बराबरीमा सकिएको थियो । थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा ३–३ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो ।

पेनाल्टीमा अर्जेन्टिनाका लियोनल मेस्सी, पाउलो डिबाला, लिन्द्रो पाराडेस र गोन्जालो मोन्टीले पेनाल्टीमा गोल गरेका थिए । फ्रान्सका केलियन एमबाप्पे र रान्डेल कोलो मुवानीले मात्र पेनाल्टीमा गोल गर्न सफल भए ।

Share News