भैरहवा भन्सारले २१ वटा आईफोन र ५० हजार केजी चिनीसहित १ करोडको सामान बेच्दै

<p>काठमाडौं । भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देहीले मालसामान लिलाममा बिक्री गर्ने भएको छ । भैरहवा भन्सार कार्यालयको मुद्दा शाखाले चोरी निकासी र पैठारीको अभियोगमा पक्राउ परेका मालसामान लिलाम बिक्री गर्ने भएको हो । कार्यालयले झण्डै १ करोड रुपैयाँ बराबरको मालसामान बिक्री गर्ने भएको हो । जसमा आईफोनदेखि लिएर घरायसी प्रयोजनाका लागि आवश्यक बस्तुहरु रहेका छन् [&hellip;]</p>

काठमाडौं । भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देहीले मालसामान लिलाममा बिक्री गर्ने भएको छ । भैरहवा भन्सार कार्यालयको मुद्दा शाखाले चोरी निकासी र पैठारीको अभियोगमा पक्राउ परेका मालसामान लिलाम बिक्री गर्ने भएको हो ।

कार्यालयले झण्डै १ करोड रुपैयाँ बराबरको मालसामान बिक्री गर्ने भएको हो । जसमा आईफोनदेखि लिएर घरायसी प्रयोजनाका लागि आवश्यक बस्तुहरु रहेका छन् । सबैभन्दा धेरै चिनी ५० हजार केजी बराबरको बिक्री गर्ने भएको हो । यस्तै, आइफोन २१ वटा भन्दा बढी रहेका छन् । यस्तै, तेल, कोटरसाइकलका पार्ट्स, मोबाइलका पार्ट्स, कपडा, मिठाई जन्य बस्तु, सुर्तीजन्य बस्तु, रासायनिक मल, कस्मेटिक सामान लगायत १ करोड बराबरको सामानहरु लिलाम गर्ने भएको हो ।

चोरी निकासी पैठारीको अभियोगमा पक्राउ परेका मालवस्तुहरु जे जस्तो अवस्थामा छन् सोही अवस्थामा पुस १९ गते मंगलबार ११ बजेदेखि साढे १२ बजेसम्म बिक्री गर्ने भएको हो । भन्सार ऐन, २०६४ तथा भन्सार नियमाबली, २०६४ अनुसार लिलाम बिक्री गर्न भन्सार नियमावली, २०६४ को नियम ३५ (२) बमोजिम उक्त मालसामान बिक्री गर्ने जनाएको छ ।

लिलाम सकार गर्न बोलकबोल गर्ने व्यक्तिले न्यूनतम मूल्यको दश प्रतिशतले हुने रकम नगद धरौटी राख्नुपर्नेछ । कबोल अंक बढ्दै गएमा सोही अनुपातमा धरौटी रकम थप गर्दै जानुपर्नेछ । साथै डाँक सदर भएको मितिले ७ दिनभित्र कबोल रकम र सोमा नियमानुसार लाग्ने राजस्व रकम दाखिला गरी मालबस्तु उठाई लैजानु पर्ने कार्यालयले बताएको छ ।

सो अबधिभित्र मालबस्तु उठाई नलगेमा धरौटी जफत गरी क्रमशः दोश्रो, तेश्रो र चौथो घटीवालाको कबोल अंक स्वीकृत गर्न सकिने छ्र । लिलामबाट लगेका मालबस्तु नियमानुसार गुणस्तर परीक्षण गर्नुपर्नेको हकमा लिलाम सकारकर्ताले सम्बन्धित निकायबाट परीक्षण गराई उपभोग योग्य भएमा मात्र उक्त मालबस्तु बिक्री वितरण र उपभोग गर्नुपर्नेछ ।

Share News