काठमाडौं । शिवम सिमेन्टले साधारण सभा बोलाएको छ । कम्पनीले पुस २९ गतेको लागि साधारण सभा बोलाएको हो ।
साधारण सभाले कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको १०.५३ प्रतिशत लाभांश सभाबाट पारित गर्ने जनाएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १०.५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
यस्तै, सभाले आगामी ४ वर्षे कार्यकालको लागि ५ जना संचालकहरुको निर्वाचन गरी संचालक समिति गठन गर्ने जनाएको छ ।