लाभांश बिना ईमर्जिङ नेपालले डाक्यो साधारणसभा

<p>काठमाडौं । ईमर्जिङ नेपालले सातौं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको ३ गते बसेको बैठकले पुस २८ गते काठमाडौंको बानेश्वर ब्याङ्गकेटमा ११ बजे वार्षिक साधारणसभा बोलाएको हो । कम्पनीले यस वर्ष सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । लाभांश बिना नै कम्पनीले साधारण सभा बोलाएको हो । संचालक समितिको आर्थिक वर्ष २०७८/७९ को [&hellip;]</p>

काठमाडौं । ईमर्जिङ नेपालले सातौं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको ३ गते बसेको बैठकले पुस २८ गते काठमाडौंको बानेश्वर ब्याङ्गकेटमा ११ बजे वार्षिक साधारणसभा बोलाएको हो ।

कम्पनीले यस वर्ष सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । लाभांश बिना नै कम्पनीले साधारण सभा बोलाएको हो ।

संचालक समितिको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण गर्नका लागि बाह्य लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै, कम्पनीको सहायक कम्पनी होटल एलिस द बोण्डर इनको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनार्थ पुस १३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १२ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीले सभमा भाग लिन पाउने छन् ।

Share News