काठमाडौं । एचआइडिसिएलले एघारौं वार्षिक साधारसभा बोलाएको छ । कम्पनीले पुस २६ गते मंगलबारको लागि वार्षिक साधारण सभा बोलाएको हो ।
साधारण सभाले गत वर्षको नाफाबाट सेयरधनीलाई प्रस्ताव गरेको लाभांश पारित गर्नेछ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई ५.२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले ५ प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
कम्पनीले साधारण सभाको लागि पुस १४ गते एकदिन बुक क्लोज गर्ने निर्णय गरेको छ । जसको अर्थ पुस १३ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार गर्ने सेयरधनीले मात्र उक्त लाभांश पाउनेछन् ।
सभाले आर्थिक वर्ष २०७८/७९ को संचालक समितिको प्रतिवेदन उपर छलफल गर्नेछ । यस्तै, सभाले स्वतन्त्र संचालक पदमा १ जना नियुक्त गर्नेछ ।