
काठमाडौं । राधी विद्युत कम्पनीले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले सेयरनीहरुलाई ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुरलाई हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद गरी कूल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।
कम्पनीले लाभांश प्रस्ताव पारित गर्न पुस २८ गते बिहान ११ बजे कम्पनीको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीको सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रवितेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । यस्तै, सुमन शर्मा चौलागाईँलाई बाँकी कार्यकालको लागि सञ्चालक पदमा नियुक्त गरिएकाले पारित गर्नेछ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १७ गतेसम्म कायम सेयरधनीहरुले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।