वैदेशिक रोजगारमा रहेका नेपालीका लागि शुभम पावरको आईपीओ बिक्री खुला

<p>काठमाडौं । शुभम पावरले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयर (आईपीओ) को बिक्री खुला गरेको छ । कम्पनीले आज पुस ६ देखि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्य दरमा ५८ हजार ५८ कित्ता बराबरको आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले सर्वसाधारणमा निष्कासन गरिने ४ लाख कित्ता र यसअघि स्थानीयलाई निष्काशन गरी बिक्री नभएको १ [&hellip;]</p>

काठमाडौं । शुभम पावरले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयर (आईपीओ) को बिक्री खुला गरेको छ । कम्पनीले आज पुस ६ देखि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्य दरमा ५८ हजार ५८ कित्ता बराबरको आईपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले सर्वसाधारणमा निष्कासन गरिने ४ लाख कित्ता र यसअघि स्थानीयलाई निष्काशन गरी बिक्री नभएको १ लाख ८० हजार ५८० कित्तासहित कूल पाँच लाख ८० हजार ५८० कित्ताको १० प्रतिशत हुने ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको हो ।

निष्कासन गरिने सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आमामी पुस २० सम्म अधिकतम पाँच हजार कित्तासम्म सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड छ भने कम्पनीलाई केयर रेटिङ्गस् नेपालले ‘केयर एनपी बिबी प्लस आइएस’ प्रमाणपत्र प्रदान गरेको छ ।

कम्पनीले सङ्खुवासभाको चैनपुर नगरपालिका ९ स्थित पिलुवा खोलामा ‘पिलुवा खोला साना जलविद्युत् आयोजना’ बाट २०६८ साउन १ देखि ९९० किलोवाट क्षमतामा व्यापारिक उत्पादन गरिरहेको छ ।

Share News