
काठमाडौं । गहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । फाइनान्सको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
फाइनान्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र ०.३७ प्रतिशत नगद गरी कूल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
फाइनान्सले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।