काठमाडौं । बुधबार पनि सेयर बजार खुलेको करिब पाैने दुई घण्टामै दुई कम्पनीको सेयरमा सर्किट लागेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार सेयर बजार खुलेको पाैने दई घण्टामा दुई लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको हो ।
सर्किट लाग्नेमा आँधिखोला लघुवित्त वित्तिय संस्था र सृजनशिल लघुवित्त वित्तीय संस्थाको सेयर रहेको छ । मंगलबार पनि सेयर बजार खुलेकाे एक घण्टा नपुग्दै यि दुवै कम्पनीकाे सेयरमा सर्किट लागेकाे थियाे
नेप्सेकाे अनुसार आँधिखोला लघुवित्त वित्तिय संस्थाको सेयर आज १५० रुपैयाँ र सृजनशिल लघुवित्त वित्तीय संस्थाको सेयर ९० रुपैयाँले बढेको छ ।