काठमाडौं । बुधबारको सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार बुधबार सेयर बजार ५.८९ अंकले घटेको हो ।
यसरी सामान्य अंकले बजार घट्दा तीन कम्पनीको सेयर मूल्य भने सर्किट लेभलमा कारोबार भएको छ । सर्किट लेभलमा कारोबार हुनेमा आँधिखोला लघुवित्त वित्तिय संस्था, सृजनशिल लघुवित्त वित्तीय संस्था र इस्टर्न हाइड्रोपावर लिमिटेड रहेको छ ।
नेप्सेको अनुसार आँधिखोला लघुवित्त वित्तिय संस्थाको सेयर आज १० प्रतिशतले बढेर १६५७.७० रुपैयाँ, सृजनशिल लघुवित्तको ९.९९ प्रतिशतले बढेर १०९६.२० रुपैयाँ र इस्टर्न हाइड्रोपावरको ९.८५ प्रतिशतले बढेर २९७.९० रुपैयाँ पुगेको छ ।
आज सबैभन्दा बढी कारोबार एनआईसी एसिया बैंकको भएको छ । यस्तै,आज २४ लाख कित्ता सेयर किनबेच हुँदा ८६ करोड रुपैयाँको कारोबार भएको छ ।