कालिका पावरको १५.७९ प्रतिशत लाभांश घोषणा

<p>काठमाडौं । कालिका पावर कम्पनीले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको पुस ६ गते बसेको संचालक समितिको बैठकले सेयरधनीहरुलाई १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद गरी [&hellip;]</p>

काठमाडौं । कालिका पावर कम्पनीले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको पुस ६ गते बसेको संचालक समितिको बैठकले सेयरधनीहरुलाई १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद गरी कूल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

साथै कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण पुस २८ गते शुक्रवार, बिहान ११ बजे, भरतपुर चितवनमा बोलाएको हो ।

कम्पनीको हाल कायम चुक्ता पूँजी ६९ करोड रुपैयाँको १० करोड ३५ लाख रुपैयाँको बोनस सेयर र ५४ लाख ४७ हजार ५५० रुपैयाँ नगद लाभांस वितरण गर्न स्वीकृत गर्नेछ ।

कम्पनीको सभाले प्रबन्धपत्रको दफा र नियमावलीको नियम संसोधन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा नियमाकबाट थपघट परिवर्तन वा संशोधनको निर्देशन भएमा सोही बमोजिम गर्नका लागि संचालक समितिलाई अख्तियारी दिनेछ ।

कालिका कन्स्ट्रक्सनअन्तर्गतको गोरखाको दरौदी खोलामा प्रस्तावित माथिल्लो दरौदी वि. साना जलविद्युत आयोजना (८.३ मेगावाट) र माथिल्लो दरौदी सि.साना जलविद्युत आयोजना (९.८२ मेगावाट) खरीद गर्ने निर्णय लिन संचालक समितिलाई अख्तियारी दिनेछ ।

यस्तै, संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०७९÷८० का लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, संचालक समितिले गत वर्ष गरेका निर्णयहरु र कम्पनीको सर्वसाधारण सेयरधनी समुहमा प्रतिनिधित्व हुने २ जना संचालक र १ जना स्वतन्त्र संचालकको निर्वाचन गर्नेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा सहभागी भइ लाभांश प्राप्त गर्न सक्नेछन् ।

Share News