लाभांश प्रस्ताव पारित गर्न नेपाल बैंकले डाक्यो साधारण सभा, अन्य एजेण्डा के-के छन्?

<p>काठमाडौं । नेपाल बैंक बैंकले ६३ औं वार्षिक साधारण सभा पुस २९ गते बिहान ११ बजे प्रधान कार्यालय काठमाडौंमा बोलाएको हो । पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले आफेनो वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो । बैंकको सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ साल असार मसान्तको वासलात, आर्थिक वर्ष २०७८/७९ को [&hellip;]</p>

काठमाडौं । नेपाल बैंक बैंकले ६३ औं वार्षिक साधारण सभा पुस २९ गते बिहान ११ बजे प्रधान कार्यालय काठमाडौंमा बोलाएको हो । पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले आफेनो वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो ।

बैंकको सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ साल असार मसान्तको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्नेछ ।

बैंकको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजी १४ अर्ब ४० करोड ५९ लाख ४ हजार ८३१ रुपैयाँको २ प्रतिशत अर्थात् २८ करोड ८१ लाख १८ हजार ९६ रुपैयाँ बोनस सेयर र कर प्रयोजनाका लागि १० प्रतिशत अर्थात् १ अर्ब ४४ करोड ५ लाख ९० हजार ४८३ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

बोनस सेयर वितरण पश्चात् जारी तथा चुक्ता पूँजी वृद्धि गरी १४ अर्ब ६९ करोड ४० लाख २२ हजार रुपैयाँ पुग्ने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नेछ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र बैंकको साधारण सभामा सहभागी भइ लाभांश प्राप्त गर्न सक्नेछन् ।

Share News