काठमाडौं । बिहीबारको सेयर बजारमा नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार बिहीबार नेपाल टेलिकमको १४ करोड ९९ लाख रुपैयाँको कारोबार भएको हो ।
बिहीबार टेलिकमले ४० प्रतिशत लाभांश घोषणा गरेसँगै कम्पनीको कारोबार रकमका साथै सेयर मूल्य पनि बढेको हो । लाभांश प्रस्ताव पारित गर्न सञ्चालक समितिको बैठकले १५ औं वार्षिक साधारण सभा पुस २८ गते राष्टिय सभागृह, काठमांडौमा बिहान १० बजे बोलाएको छ ।
आज नेप्से सामान्य ०.०१ अंकले घटेको छ । आज ३१ लाख कित्ता सेयर किनबेच हुँदा एक अर्ब बढीको कारोबार भएको छ । यस्तै, सृजनशिल लघुवित्त र धौलागिरी लघुवित्तको सेयर सर्किट लेभलमा कारोबार भएको छ ।