२ कम्पनीलाई कारवाही गर्दै नेप्सेले माग्यो ३ दिनभित्र स्पष्टिकरण

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले २ कम्पनीलाई कारवाही गरेको छ । नेप्सेले कालिका पावर र मल्टीपर्पस फाइनान्सलाई कारवाही गर्दै कारोबार रोक्का गरेको हो । दुवै कम्पनीले लाभांश र साधारण सभाको जानकारी धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) (घ) बमोजिम नगराएको र धितोपत्रको कारोबार तथा मूल्यसँग सम्बन्धित संवेदनशिल सूचना तथा जानकारीबाट सर्वसाधारणलाई [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले २ कम्पनीलाई कारवाही गरेको छ । नेप्सेले कालिका पावर र मल्टीपर्पस फाइनान्सलाई कारवाही गर्दै कारोबार रोक्का गरेको हो ।

दुवै कम्पनीले लाभांश र साधारण सभाको जानकारी धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) (घ) बमोजिम नगराएको र धितोपत्रको कारोबार तथा मूल्यसँग सम्बन्धित संवेदनशिल सूचना तथा जानकारीबाट सर्वसाधारणलाई वञ्चित गराएर मूल्यमा प्रभाव पारेको आरोप नेप्सेले लगाएको छ ।

विनियमावलीको विनियम १६ (१) (ख) मा भएको व्यवस्था अनुरूप उक्त कम्पनीको धितोपत्रको कारोबार रोक्का गरिएको र के कति कारणबाट समयमा जानकारी नदिएको हो ? ३ दिनभित्र स्पष्टिकरण पेश गर्न नेप्सेले निर्देशन दिएको छ ।

फाइनान्सले पुस ६ गते बेलुकी चार बजे सञ्चालक समिति बैठक गरी लाभांश प्रस्ताव गरेको थियो । उक्त सूचना फाइनान्सले भोलिपल्ट बिहान ११ बजेर १८ मिनेटमा मात्रै नेप्सेलाई दिएको थियो । यस्तै, कालिका पावरले ६ गते नै लाभांश प्रस्ताव पारित गरेको थियो । उसले पनि भोलिपल्ट ११ बजेर ३६ मिनेटमा सूचना दिएको थियो ।

Share News