नेप्सेमा ३ कम्पनीको सेयर मूल्य समायोजन, कुनको कति ?

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । प्राइम लाइफ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स र गरिमा विकास बैंकको सेयर मूल्य समायोजन भएको हो । प्राइम लाइफको १३ प्रतिशत, नेपाल इन्स्योरेन्सको ८ प्रतिशत र गरिमा विकास बैंकको १३ प्रतिशत बोनस सेयर समायोजन भएको हो । यी तीनै कम्पनीले साधारण सभा [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । प्राइम लाइफ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स र गरिमा विकास बैंकको सेयर मूल्य समायोजन भएको हो । प्राइम लाइफको १३ प्रतिशत, नेपाल इन्स्योरेन्सको ८ प्रतिशत र गरिमा विकास बैंकको १३ प्रतिशत बोनस सेयर समायोजन भएको हो ।

यी तीनै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरेको हो । साथै नेप्सेले नयाँ नयाँ मूल्य निर्धारण गरेको छ ।

प्राइम लाइफको सेयर मूल्य ५०३.५४ रुपैयाँ, नेपाल इन्स्योरेन्सको ३८७.९६ रुपैयाँ र गरिमा विकास बैंकको ३३०.९७ रुपैयाँ कायम भएको छ । नेप्सेले बिहीबारको अन्तिम मूल्यका आधारमा मूल्य समायोजन गरेको हो । नयाँ मूल्यलाई आधार मानेर सोमबार दोस्रो बजारमा कारोबार हुनेछ ।

बिहीबार प्राइम लाइफको सेयर प्रतिकित्ता ५६९ रुपैयाँ, नेपाल इन्स्योरेन्सको ४१९ रुपैयाँ र गरिमा विकास बैंकको ३७४ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

Share News