सिन्धु विकास बैंकले लाभांश नदिने, ३ वर्षदेखि सेयरधनीको हात रित्तो

<p>काठमाडौं । सिन्धु विकास बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । बैंकको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैंकले आर्थिक वर्ष २०७५/७६ मा नाफाबाट सेयरधनीहरुलाई ११.४८५१ प्रतिशत बोनस सेयर र ०.६०४९ प्रतिशत नगद गरी कूल १२.०९२ प्रतिशत लाभांश वितरण गरेको थियो [&hellip;]</p>

काठमाडौं । सिन्धु विकास बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । बैंकको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७५/७६ मा नाफाबाट सेयरधनीहरुलाई ११.४८५१ प्रतिशत बोनस सेयर र ०.६०४९ प्रतिशत नगद गरी कूल १२.०९२ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसयता ३ वर्षदेखि बैंकले लाभांश वितरण गरेको छैन ।

बैंकको बिहीबारको बैठकले गत वर्षको असार मसान्तसम्मको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।

Share News