बुटवल पावर कम्पनीले हालसम्मकै कम लाभांश घोषणा गर्याे, कति दियो ?

<p>काठमाडौं । बुटवल पावर कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले १२.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ७.५ प्रतिशत नगद [&hellip;]</p>

काठमाडौं । बुटवल पावर कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले १२.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ७.५ प्रतिशत नगद गरी कूल १२.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ ।

आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गरेको थियो ।

आर्थिक वर्ष २०७६/७७ मा २५ प्रतिशत, आर्थिक वर्ष २०७५/७६ र आर्थिक वर्ष २०७४/७५ मा २८/२८ प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीले आर्थिक वर्ष २०६७/६८ मा २५ प्रतिशत, आर्थिक वर्ष २०६८/६९ मा २५ प्रतिशत, आर्थिक वर्ष २०६९/७० मा १८ प्रतिशत, आर्थिक वर्ष २०७०/७१ मा १५ प्रतिशत, आर्थिक वर्ष २०७१/७२ मा २० प्रतिशत, आर्थिक वर्ष २०७२/७३ मा २७ प्रतिशत, आर्थिक वर्ष २०७३/७४ मा २० प्रतिशत लाभांश वितरण गरेको थियो ।

Share News