सिटिजन लाइफका बीमालेखमा शतप्रतिशत विलम्ब शुल्क छुट, कति वर्षसम्मको पाइन्छ ?

<p>काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा शतप्रतिशत विलम्ब शुल्क छुटका साथ पुनर्जागरण गर्ने भएको छ । कम्पनीबाट जारी भएका बीमालेख २ वर्षदेखि नवीकरण बीमाशुल्क भुक्तानी नगरेका बीमालेखहरुमा शतप्रतिशत विलम्ब शुल्कमा छुट दिने कम्पनीले जनाएको छ । ‘नेपाल बीमा प्राधिकरणद्वारा जारी जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७८ को दफा ११ बमोजिम बीमालेखको नवीकरण बीमाशुल्क भुक्तानी [&hellip;]</p>

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा शतप्रतिशत विलम्ब शुल्क छुटका साथ पुनर्जागरण गर्ने भएको छ । कम्पनीबाट जारी भएका बीमालेख २ वर्षदेखि नवीकरण बीमाशुल्क भुक्तानी नगरेका बीमालेखहरुमा शतप्रतिशत विलम्ब शुल्कमा छुट दिने कम्पनीले जनाएको छ ।

‘नेपाल बीमा प्राधिकरणद्वारा जारी जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७८ को दफा ११ बमोजिम बीमालेखको नवीकरण बीमाशुल्क भुक्तानी गर्नु पर्नेमा सो भुक्तानी नभई २ वर्ष अगाडिदेखि व्यतित भएका बीमालेखहरु पुस ११ गतेदेखी पुस २५ गतेसम्म बीमालेखलाई निरन्तरता दिने प्रयोजनका लागि पुनर्जागरण गराई नवीकरण बीमाशुल्क भक्तानी गरेमा सो मा लाग्ने विलम्ब शुल्क (ब्याज) पूर्ण रूपमा छुट प्रदान गरिएको छ,’ कम्पनीको सूचनामा भनिएको छ ।

विलम्ब शुल्क छुट बीमा अवधि भरी एक पटक मात्र पाईने भएकाले यहि मौकामा नवीकरण बीमाशुल्क भुक्तानी गरी बीमालेख सक्रिय गर्न कम्पनीले आग्रह गरेको छ । थप जानकारी आवश्यक परेमा नजिकको शाखा र उपशाखा कार्यालयमा तथा अभिकर्ताहरुसँग सम्पर्क राख्न कम्पनीले अनुरोध गरेको छ ।

Share News