प्रिमियर इन्स्योरेन्सको लाभांश संशोधन, बढ्यो बोनस सेयर

<p>काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको लाभांश संशोधन भएको छ । कम्पनीको कात्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । तर, नेपाल बीमा प्राधिकरणले बोनस सेयर बढी वितरण गर्न निर्देशन दिएपछि लाभांश संशोधन गरिएको कम्पनीले जनाएको छ । कम्पनीको पुस ७ गते [&hellip;]</p>

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको लाभांश संशोधन भएको छ । कम्पनीको कात्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । तर, नेपाल बीमा प्राधिकरणले बोनस सेयर बढी वितरण गर्न निर्देशन दिएपछि लाभांश संशोधन गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीको पुस ७ गते बसेको सञ्चाक समितिले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ ।

Share News