
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले सेयरधनीलाई लाभांश नदिने घोषणा गरको छ । कम्पनीको पुस ८ गते बसेको बैठकले सेयरधनीलाई लाभांश नदिने घोषणा गरको हो ।
कम्पनीले २०७७/७८ को संचित नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
कम्पनीले २०७६/७७ मा सेयरधनीलाई ४.४२ प्रतिशत लाभांश घोषणा गरेको थियो ।