शाईन रेसुङ्गाको सेयर मूल्यमा बोनस समायोजन, अब कतिमा हुन्छ कारोबार ?

<p>&nbsp; काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । सोमबार नेप्सेमा बैंकको १३.३० प्रतिशत बोनस सेयर सामायोजन गरेको हो । बैंकले लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरेको हो । बैंकको बोनस सेयर पश्चात् नेप्सेले प्रतिकित्ता ३०३.६२ रूपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको छ [&hellip;]</p>

 

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । सोमबार नेप्सेमा बैंकको १३.३० प्रतिशत बोनस सेयर सामायोजन गरेको हो ।

बैंकले लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरेको हो ।

बैंकको बोनस सेयर पश्चात् नेप्सेले प्रतिकित्ता ३०३.६२ रूपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले अन्तिम कारोबार मूल्य ३४४ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र ०.७० नगद लाभांश (कर प्रयोजन) गरी कूल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लाभांश प्रस्ताव पारित गर्न बैंकले १४ औँ वार्षिक साधारण सभा पुस २५ गते बिहान ११ बजेदेखि ड्रिमल्यान्ड गोल्ड रिसोर्ट, मणिग्राम रुपन्देहीमा बोलाएको छ ।

Share News