
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ५ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा सिद्धार्थ बैंक, नेपाल एसबिआई बैंक, लुम्बिनी विकास बैंक, बिन्ध्यबासिनी हाइड्रोपावर र राधी विद्युत् कम्पनीको सेयरमूल्य समायोजन भएको हो ।
यी ५ कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुधबार बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो ।
बिन्ध्यबासिनी हाइड्रोपावर कम्पनीको ५ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ३६५.७१ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । मंगलबार कम्पनीको सेयर प्रतिकित्ता ३८४ रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, लुम्बिनी विकास बैंकको ३ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले बैंकको प्रतिकित्ता ३३६.८९ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको हो । मंगलबार बैंकको सेयर प्रतिकित्ता ३४७ रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, राधी विद्युत कम्पनीको ४.७५ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले कम्पनीको प्रतिकित्ता २११.९३ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको हो । मंगलबार कम्पनीको सेयर प्रतिकित्ता २२२ रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, नेपाल एसबिआई बैंकको ३ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले बैंकको प्रतिकित्ता २८७.७७ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको हो । मंगलबार बैंकको सेयर प्रतिकित्ता २९६.४० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, सिद्धार्थ बैंकको १२.५० प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले बैंकको प्रतिकित्ता ३०१.३३ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको हो । मंगलबार बैंकको सेयर प्रतिकित्ता ३३९ रुपैयाँमा कारोबार भएको थियो ।