काठमाडौ । शिवम् सिमेन्टले वार्षिक साधारण सभाको लागि बुक क्लोज मिति तोकेको छ । कम्पनीले सातौ वार्षिक साधारण सभाको लागि पुस २० गते एकदिनको बुक क्लोज मिति तोकको छ ।
यसको अर्थ पुस १९ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा शिवम्को सेयरधनीको रुपमा रहेकाले मात्र कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनुको साथै साधारण सभामा भाग लिन पाउनेछन् ।
कम्पनीले आर्थिक वरष २०७८/७९ को नाफाबाट सेयरधनीलाई १०.५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।