दुई दिन उत्साहित भएको नेप्से बुधबार भने घट्यो, ६ कम्पनीमा लाग्यो सर्किट

<p>काठमाडौ‌ । दुई दिन उत्साहित भएको सेयर बजार बुधबार भने घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार बुधबार सेयर बजार ११.८१ अंकले घटेको हो । यसरी सेयर बजार घट्दा नेप्से १९७२.१५ विन्दुमा पुगेको छ । यद्यपी बजार घटेपनि कारोबार रकम भने राम्रो नै देखिएको छ ।  बुधबार ६५ लाख कित्ता सेयर किनबेच हुँदा दुई अर्ब [&hellip;]</p>

काठमाडौ‌ । दुई दिन उत्साहित भएको सेयर बजार बुधबार भने घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार बुधबार सेयर बजार ११.८१ अंकले घटेको हो । यसरी सेयर बजार घट्दा नेप्से १९७२.१५ विन्दुमा पुगेको छ ।

यद्यपी बजार घटेपनि कारोबार रकम भने राम्रो नै देखिएको छ ।  बुधबार ६५ लाख कित्ता सेयर किनबेच हुँदा दुई अर्ब १५ करोड रुपैयाँको कारोबार भएको छ ।

यस्तै, पाँच वित्तिय कम्पनको सेयरमा सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीहरुमा क्रमश स् सेन्ट्रल फाइनान्स, प्रभु लाइफ इन्स्योरेन्स, धौलागिरी लघुवित्त, खपतड लघुवित्त, सृजनशिल लघुवित्त र विन नेपाल लघुवित्त रहेको छ ।

आज सबैभन्दा बढी कारोबार नबिल बै‌कको ८ करोड ८१ लाख रुपैयाँको भएको छ ।

Share News