नेप्सेमा २ बैंक सहित ४ कम्पनीको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

<p>काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा विभिन्न ५ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा मितेरी डेभलपमेन्ट बैंक, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, नेपाल बैंक र प्राईम कमर्सियल बैंकको सेयरमूल्य समायोजन भएको हो । यी ४ कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बिहीबार बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन [&hellip;]</p>

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा विभिन्न ५ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा मितेरी डेभलपमेन्ट बैंक, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, नेपाल बैंक र प्राईम कमर्सियल बैंकको सेयरमूल्य समायोजन भएको हो ।

यी ४ कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बिहीबार बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो ।

मितेरी डेभलपमेन्ट बैंकको १२.३५ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ३६४.९३ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । बुधबार बैंकको सेयर प्रतिकित्ता ४१० रुपैयाँमा कारोबार भएको थियो ।

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको ५ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता १७७.१४ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । बुधबार बैंकको सेयर प्रतिकित्ता १८६ रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल बैंकको २ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता २८०.८८ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । बुधबार बैंकको सेयर प्रतिकित्ता २८६.५० रुपैयाँमा कारोबार भएको थियो ।

प्राइम कमर्सियल बैंकको ४ प्रतिशत बोनस सेयर सेयरमूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता २२०.१० रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । बुधबार बैंकको सेयर प्रतिकित्ता २२८.९० रुपैयाँमा कारोबार भएको थियो ।

Share News