काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको प्रस्तावित ५ प्रतिशत लाभांश पारित भएको छ । पुस १४ गते सम्पन्न बैंकको १२औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको हो ।
यससँगै बैंकका सेयरधनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनश सेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश पाउने छन् ।
हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ५५ करोड रुपैयाँ छ । ४.७५ प्रतिशत बोनसपछि बैंकको चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुगेको छ ।
त्यस्तै, सभाले सेञ्चुरी बैंकलाई प्रभु बैंकले प्राप्ति गर्ने सम्बन्धी विशेष प्रस्ताव समेत पारित गरेको छ ।
साथै, सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७८/७९ को वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान विवरण, नगद प्रवाह विवरण तथा सो सम्बन्धी अनुसूची पारित गरेको छ ।
चालु आवको असोज मसान्तसम्म सेञ्चुरी बैंकले कुल निक्षेप ९७ अर्ब २९ करोड र कर्जा रकम ८७ अर्ब ४५ करोड रुपैयाँ परिचालन गरी ३१ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।