काठमाडौं । बिहीबारको सेयर बजार ५६.८८ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार बिहीबार सेयर बजार बढ्दा २०२.०३ विन्दुमा पुगेको छ ।
नेप्सेको अनुसार यसरी बजार बढ्दा १० कम्पनीको सेयर सकारात्मक सर्किट लागेकाे छ । सर्किट लाग्ने कम्पनीहरु क्रमश: हुर्जा, सानिमा लाइफ इन्स्योरेन्स, सृजनशिल लघुवित्त, धौलागिरी लघुवित्त, अजोड इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, स्वेत गंगा हाइड्रोपावर, रिलायन्स लाइफ इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स र छ्याङ्दी हाइड्रोपावर रहेको छ ।
आज ८० लाख कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ८६ करोड रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । यस्तै, आज हिमालयन डिस्टिलरिले सबैभन्दा बढी १२ करोडको कारोबार गरेर छ ।