नेप्सेमा ३ लघुवित्त सहित ५ कम्पनीको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

<p>काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ६ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त, आरएसडीसी लघुवित्त, कालिका पावर कम्पनी र यूनाइटेड इन्स्योरेन्सको सेयरमूल्य समायोजन भएको हो । यी ६ कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको [&hellip;]</p>

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ६ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त, आरएसडीसी लघुवित्त, कालिका पावर कम्पनी र यूनाइटेड इन्स्योरेन्सको सेयरमूल्य समायोजन भएको हो ।

यी ६ कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । आरएसडिसी लघुवित्तले आज अर्थात पुुस १५ गते र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त, कालिका पावर कम्पनी र यूनाइटेड इन्स्योरेन्सले पुस १७ गते बुकक्लोज गर्ने निर्णय गरेका छन् ।

नेप्सले समायोजन गरेको मूल्यका आधारमा कारोबार हुनेछ ।

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको १९ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ६४१.०९ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । बिहीबार लघुवित्तको सेयर प्रतिकित्ता ७६२.९० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको २५ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता १ हजार ९०४ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । बिहीबार लघुवित्तको सेयर प्रतिकित्ता २ हजार ३८० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

आरएसडिसी लघुवित्तको ८ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ५२५.८३ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । बिहीबार लघुवित्तको सेयर प्रतिकित्ता ५६७.९० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

कालिका पावर कम्पनीको १५ प्रतिशत बोनस सेयर सेयरमूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ३३५.१३ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । बिहीबार कम्पनीको सेयर प्रतिकित्ता ३८५.४० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

यूनाइटेड इन्स्योरेन्स कम्पनीको ५ प्रतिशत बोनस सेयर सेयरमूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ३८२.८६ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । बिहीबार कम्पनीको सेयर प्रतिकित्ता ४०२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

Share News