
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको मंसिरसम्म १५ अर्ब ९७ करोड ७८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । निर्जीवन बीमा कम्पनीहरुले गत वर्षको सोही अवधिको तुलनामा ३.५७ प्रतिशत बढी कुल बीमा शुल्क आर्जन गरेका हुन् । गत आर्थिक वर्षको मंसिरसम्म १५ अर्ब ४२ करोड ६९ लाख रुपैयाँ आर्जन गरेका थिए ।
चालु आर्थिक वर्ष २०७९÷८० को ५ महिनाको अवधिमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले आर्जन गरेको छ । कम्पनीले १ अर्ब ५४ करोड ५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
दोस्रोमा राष्ट्रिय बीमाले १ अर्ब ३४ करोड ७८ लाख रुपैयाँ, तेस्रोमा सगरमाथा इन्स्योरेन्सले १ अर्ब २९ करोड रुपैयाँ, चौंथोमा नेकको इन्स्योरेन्सले १ अर्ब २७ करोड रुपैयाँ र पाँचौमा सिद्धार्थ इन्स्योरेन्सले १ अर्ब १३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब १० करोड रुपैयाँ आर्जन गरेका छन् । यो सहित ६ वटा कम्पनीले १ अर्ब भन्दा बढी बीमा शुल्क आर्जन गरेका हुन् ।
५ महिनामा १२ वटा कम्पनीको कुल बीमा शुल्क आर्जन एक अर्ब भन्दा कम रहेको छ । एनएलजी इन्स्योरेन्सले ९३ करोड ८० लाख रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले ९० करोड १३ लाख रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्सले ८३ करोड १२ लाख रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्सले ७९ करोड ७९ लाख रुपैयाँ, आइएमई जनरल इन्स्योरेन्सले ७५ करोड ४० लाख रुपैयाँ, अजोड इन्स्योरेन्सले ७४ करोड १६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
यस्तै, नेपाल इन्स्योरेन्सले ६६ करोड ४९ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ६० करोड ४९ लाख रुपैयाँ, ओरिएण्टल इन्स्योरेन्सले ५८ करोड ९५ लाख रुपैयाँ, प्रुडेन्सियल इन्स्योरेन्सले ५३ करोड ७१ लाख रुपैयाँ, यूनाइटेड इन्स्योरेन्सले ५० करोड ४९ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सले ४१ करोड ३६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
यस्तै, मंसिर महिनामा मात्रै निर्जीवन कम्पनीहरुले २ अर्ब ६१ करोड ९९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । जसमध्ये शिखर इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको २० करोड भन्दा बढी कमाएका छन् । यस्तै, हिमालयन एभरेष्ट, सिद्धार्थ इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, सानिमा जिआईसी, आइएमई जनरल, अजोड इन्स्योरेन्स, लुम्विनी इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सले १० करोडदेखि १९ करोडसम्म कमाएका छन् ।
प्रूडेन्सियल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, ओरिएन्टल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीले ३ करोदेखि ९ करोडसम्म कुल बीमा शुल्क आर्जन गरेका हुन् ।
