
काठमाडौं । विभिन्न ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन रहेको छ । नबिल बैंक, हिमालयन बैंक, महालक्ष्मी विकास बैंक, सिद्धार्थ इन्स्योरेन्स, नेपाल दूरसंचार (एनटीसी) र बुटवल पावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
यी ६ कम्पनीले पुस १८ गते बुकक्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरुले लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन पाउनेछन् ।
नबिल बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १८.५० प्रतिशत बोनस सेयर र ११.५० प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले ३८ औं वार्षिक साधारण सभा पुस २९ गते सिल्भर ओक ब्याक्वेट तथा इभेन्ट सेन्टर गैह्रीधारा, काठमाडौंमा बिहान १० बजे बोलाएको छ ।
हिमालयन बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र ११.११ प्रतिशत नगद गरी कूल १९.११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश प्रस्ताव पारित गर्न बैंकले ३० औं वार्षिक साधारण सभा पुस २८ गते होटल सोल्टी सोल्टीमोड काठमाडौमा बिहान ११ बजे बोलाएको छ ।
महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र ६.४७ प्रतिशत नगद गरी कूल १०.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले २१ औं वार्षिक साधारण सभा पुस २९ गते लैनचौर ब्याङ्क्वेटमा बिहान १० बजे बोलाएको छ ।
नेपाल दुरसञ्चार कम्पनी (एनटीसी) ले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले १५ औं वार्षिक साधारण सभा पुस २८ गते राष्ट्रिय सभा गृह पदर्शनी मार्ग काठमाडौंमा बिहान १० बजे बोलाएको छ ।
त्यस्तै बुटवल पावर कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनससशेयर र ७.५ प्रतिशत नगद गरी कूल १२.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ३० औं वार्षिक साधारण सभा पुस ३० गते कार्की ब्याक्वेंट बबरमहल काठमाडौंमा बिहान ११ बजे बोलाएको छ ।
सिद्धार्थ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस सेयर र ०.४७३७ प्रतिशत नगद गरी कूल ९.४७३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले २१ औं वार्षिक साधारण सभा पुस २९ गते नेपाल पर्यटन बोर्डको सभाकक्ष भृकुटीमण्डमा बिहान ११ बजे बोलाएको छ ।