काठमाडाैं । मर्जरपछि कुमारी बैंककाे नयाँ संचालक समिति गठन भएकाे छ । आइतबार कुमारी र एनसीसी बैंककाे कुमारी बैंककाे नाममा एकिकृत काराेबार सुरु भएपछि नयाँ संचालक समिती पनि गठन भएकाे हाे ।
नयाँ संचालक समितिकाे अध्यक्षमा अमिर प्रताप राणा चुनिएका छन् । यस्तै, संचालकहरुमा उपेन्द्र केशरी न्यौपाने (एनसीसी पूर्व अध्यक्ष), चन्द्र बास्तोला (एनसीसी), इमान सिङ लामा (एनसीसी), कृष्ण प्रसाद ग्यवाली (कुमारी) र महेश पोख्रेल (कुमारी) चुनिएका छन् ।
मर्जरपछि बैंकको नाम कुमारी बैंक भएको छ । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत एनसीसी बैंकका रमेशराज अर्याल र कुमारी बैंकका रामचन्द्र खनाल वरिष्ठ प्रमुख कार्यकारी अधिकृत भएका छन् ।
नवनियुक्त अध्यक्ष अमिर प्रताप राणाले मर्जर पश्चात् रिजल्टमा फोकस गर्ने बताएका छन् । उनले आफ्नो नेतृत्वमा रहेको बोर्डले बैंकलाई सहि संचालन गर्न निर्देशन दिने बताए । ‘हिजोका दिनमा दिएको प्रतिफलभन्दा बढी प्रतिफल दिनेछौं, बैंकको ब्याज नै धेरै भएकाले त्यो भन्दा धेरै प्रतिफल दिन सक्षम हुनेछौं,’ उनले भने ।
यस्तै, उनले एकीकृत कारोबार पश्चात् कुमारी बैंक चौथो पोजिसनमा हुने र त्यसलाई नम्बर वान बनाउन लाग्ने बताए ।