प्रदेश १ मा सरकार गठन गर्न आह्वान

<p>काठमाडौं । प्रदेश नं १ मा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख पशुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि आह्वान गरेका हुन् । धारा १६८ को उपधारा अनुसार सरकार गठन गर्न प्रदेशसभामा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेकाले अब उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने [&hellip;]</p>

काठमाडौं । प्रदेश नं १ मा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख पशुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि आह्वान गरेका हुन् ।

धारा १६८ को उपधारा अनुसार सरकार गठन गर्न प्रदेशसभामा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेकाले अब उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत पुर्याएर मुख्यमन्त्री नियुक्तीका लागि दाबी पेस गर्न प्रदेश प्रमुखबाट आह्वान भएको हो ।

पुस २४ गते आइतबार बेलुका ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा जारी गरिएको पत्रमा उल्लेख छ ।

प्रदेशसभामा नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका चार र जसपाका एक प्रदेशसभा सदस्य छन् । त्रियानब्बे सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४७ प्रदेशसभा सदस्य आवश्यक पर्छ ।

Share News