काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ५ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा नबिल बैंक, हिमालयन बैंक, महालक्ष्मी विकास बैंक, सिद्धार्थ इन्स्योरेन्स र बुटवल पावर कम्पनीको सेयरमूल्य समायोजन भएको हो ।
यी ५ कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा कारोबार हुनेछ ।
सिद्धार्थ इन्स्योरेन्स कम्पनीको ९ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ५९१.६५ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । आइतबार कम्पनीको सेयर प्रतिकित्ता ६४४.९० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
नबिल बैंकको १८.५० प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ७२१.१० रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । आइतबार बैंकको सेयर प्रतिकित्ता ८५४.५० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
हिमालयन बैंकको ८ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ३८८.०६ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । आइतबार बैंकको सेयर प्रतिकित्ता ३६५.१० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
महालक्ष्मी विकास बैंकको ४ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ३३३.६५ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । आइतबार बैंकको सेयर प्रतिकित्ता ३४७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
बुटवल पावर कम्पनीको ५ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ३२२.३८ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । आइतबार कम्पनीको सेयर प्रतिकित्ता ३३८.५० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।