आज यी ५ कम्पनीको सेयर खरिद गरे लाभांश पाइन्छ, कुनको कति ?

<p>काठमाडौं । विभिन्न ५ कम्पनीको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन रहेको छ । सिभिल बैंक, सिवाईसी लघुवित्त, आइसिएफसी फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी र पोखरा फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । यी ५ कम्पनीले पुस १९ गते बुकक्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा [&hellip;]</p>

काठमाडौं । विभिन्न ५ कम्पनीको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन रहेको छ । सिभिल बैंक, सिवाईसी लघुवित्त, आइसिएफसी फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी र पोखरा फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

यी ५ कम्पनीले पुस १९ गते बुकक्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरुले लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन पाउनेछन् ।

सिभिल बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद गरी कूल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले लाभांश पारित गर्न १२ औं वार्षिक साधारण सभा पुस २८ गते अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे बोलाएको छ ।

आइसिएफसी फाइनान्स कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । फाइनान्स कम्पनीले लाभांश पारित गर्न पुस २९ गते १९ औं वार्षिक साधारण सभा अमृतभोग कालिकास्थान डिल्लीबजार, काठमाडौंमा बिहान १० बजे बोलाएको छ ।

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २.४० प्रतिशत बोनस सेयर र ५.२० प्रतिशत नगद गरी कूल ७.६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । फाइनान्सले पुस २९ गते २८ औं वार्षिक साधारण सभा रजिष्टर्ड कार्यालय डिल्लीबजारमा १० बजे बोलाएको छ ।

पोखरा फाइनान्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ०.२१ प्रतिशत नगद गरी कूल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले पुस २९ गते २६ औं वार्षिक साधारण सभा दरबारथोक ब्यांक्वेट पोखरा–९, कास्कीमा बिहान ९ बजे बोलाएको छ ।

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत बोनस सेयर र १.५८ प्रतिशत नगद गरी कूल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तले पुस ३० गते चौंथो वार्षिक साधारण सभा केन्द्रिय कार्यालय पोखरा महानगरपालिका ८ सभागृहचोकमा बिहान ११ बजे बोलाएको छ ।

Share News