नेप्सेमा साढे ३ अर्बको कारोबार, ४ कम्पनीमा लाग्यो सर्किट

<p>काठमाडौं । मंगलबार सामान्य अंकले सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार सोमबार ३.०३ अंकले सेयर बजार घटेर २०६१.०६ विन्दुमा पुगेको छ । नेप्सेको अनुसार मंगलबार बजार घटे पनि कारोबार रकम सोमबारको भन्दा बढ्नुको साथै ४ कम्पनीहरुमा सकारात्मक सर्किट लागेको छ । आज ८२ लाख कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ४५ करोड रुपैयाँको [&hellip;]</p>

काठमाडौं । मंगलबार सामान्य अंकले सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार सोमबार ३.०३ अंकले सेयर बजार घटेर २०६१.०६ विन्दुमा पुगेको छ ।

नेप्सेको अनुसार मंगलबार बजार घटे पनि कारोबार रकम सोमबारको भन्दा बढ्नुको साथै ४ कम्पनीहरुमा सकारात्मक सर्किट लागेको छ ।

आज ८२ लाख कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ४५ करोड रुपैयाँको कारोबार भएको नेप्सेले जनाएकाे छ । यस्तै, स्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड, धौलागिरी लघुवित्त वित्तिय संस्था, खपत्तड लघुवित्त वित्तिय संस्था र अजोड इन्स्योरेन्सको सेयर मूल्यमा सर्किट लागेको छ ।

आज सबैभन्दा बढी कारोबार हिमालयन डिस्टिलरीको भएको छ । भोली (पुस २० गते, बुधबार) बुक क्लोज रहेको यस कम्पनीको ४३ करोड रुपैयाँको सेयर कारोबार भएको हो ।

Share News