
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको २३ लाख १२ हजार ४९७.२२१४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
लघुवित्तले अघिल्लो आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सेयर बुधबार नेप्सेमा सूचीकृत भएको हो ।