
काठमाडौं । अपी पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । कम्पनीके बिहीबार बसेको बैठकले गत वर्षको नाफाबाट ७.८९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ७.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३९ प्रतिशत नगद लाभांस गरी कुल ७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको हाल चुक्ता पूँजी ३ अर्ब ८४ करोड ४९ हजार रुपैयाँ रहेको छ । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।
यस अघि कम्पनीले आर्थिक वर्ष २०७७–७८ मा १०.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५५ प्रतिशत नगद गरी कूल ११.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।