
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत विभिन्न ३ कम्पनीको वार्षिक साधारण सभा आज हुने भएको छ । गरिमा विकास बैंक, नेपाल इन्स्योरेन्स र चिलिमे जलविद्युत कम्पनीको वार्षिक साधारण सभा आज हुने भएको हो ।
यी तीनै कम्पनीका संचालक समितिको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सहितको सम्पूर्ण वित्तिय विवरणहरु, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका सामान्य प्रस्ताव रहेका छन् ।
गरिमा विकास बैंकको १६ औँ वार्षिक साधारण सभा होटल पोखरा ग्राण्ड, बिरौटा, कास्कीमा बिहान १० बजे हुँदैछ । बैंकको सभाले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५० प्रतिशत नगद गरी कूल १४.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
बैंकको सभाले मर्जरका लागि उपयुक्त बैंक तथा वित्तीय संस्थासँग प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तिायारी प्रदान गर्नेछ ।
नेपाल इन्स्योरेन्स कम्पनीको ७४ औँ वार्षिक साधारणसभा नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँमा बिहान १० बजेदेखि सुरू हुँदैछ । सभामा गत आर्थिक वर्ष २०७८र७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनको ०.४२११ प्रतिशत नगद गरी कूल ८.४२११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यस्तै, सभाले हाल कायम संस्थापक तथा सर्वसाधारण सेयरधनीहरुको सेयर सरचनालाइ परिमार्जन गरी ५१ः४९ को अनुपात कायम गर्ने प्रस्ताव समेत पारित गर्ने छ ।
चिलिमे जलविद्युत कम्पनीको २६ औं वार्षिक साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुँदैछ । कम्पनीको सभाले गत आर्थिक वर्ष २०७८र७९ को नाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।