कालिञ्चोक दर्शनले माघ ३ गतेदेखि आईपीओ बिक्री गर्दै

<p>काठमाडौं । कालिञ्चोक दर्शनले माघ ३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको १८ प्रतिशत अर्थात् १० करोड ८० लाख रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खला गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १० लाख [&hellip;]</p>

काठमाडौं । कालिञ्चोक दर्शनले माघ ३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको १८ प्रतिशत अर्थात् १० करोड ८० लाख रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खला गर्ने भएको हो ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १० लाख ८० हजार कित्ता सेयर निष्काशन गर्ने भएको हो । जसमध्ये १० प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, ५ प्रतिशत अर्थात् ५४ हजार कित्ता सामूहिक लगानी कोषहरुलाई र २ प्रतिशत अर्थात् २१ हजार ६ सय कित्ता कर्मचारीहरुलाई छुट्याइएको छ । सर्वसाधारण लगानीकर्तालाई ८ लाख ९६ हजार ४ सय कित्ता सेयर छुट्याइएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि, सामूहिक लगानी कोषहरुका लागि र कर्मचारीहरुका लागि छुट्याइएको सेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ४ हजार ९९० कित्ता सेयरसम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा माघ ६ गते र ढिलोमा माघ १७ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ । साथै मरो शेयर खाता मार्फत आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यस्तरको जोखिम रहेको संकेत गर्दछ ।

Share News