नेपाल लाइफले दियो ८ सय भन्दा बढी अभिकर्तालाई अन्तराष्ट्रिय प्रशिक्षण

<p>काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ताहरुलाएै प्रशिक्षण गरेको छ । कम्पनीले देशभरिका ८ सयभन्दा बढी अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुलाई अन्तराष्ट्रिय प्रशिक्षकबाट प्रशिक्षण गराएको हो । कम्पनीले पुस २३ गते एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम प्रदान गरेको हो । नायब महाप्रबन्धक उमापति पोखे्रलले कम्पनीको आगामी रणनीतिको बारेमा प्रकाश पारेका थिए । सहभागीहरुलाई प्रशिक्षण दिनका लागि [&hellip;]</p>

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ताहरुलाएै प्रशिक्षण गरेको छ । कम्पनीले देशभरिका ८ सयभन्दा बढी अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुलाई अन्तराष्ट्रिय प्रशिक्षकबाट प्रशिक्षण गराएको हो ।

कम्पनीले पुस २३ गते एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम प्रदान गरेको हो । नायब महाप्रबन्धक उमापति पोखे्रलले कम्पनीको आगामी रणनीतिको बारेमा प्रकाश पारेका थिए । सहभागीहरुलाई प्रशिक्षण दिनका लागि भारतको मुम्बइबाट जीवन बीमाका अन्तराष्ट्रिय प्रशिक्षक तथा सफल जीवन बीमा अभिकर्ता राजेश सतोष्कार उपस्थित थिए ।

कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमित कयालले आगामी दिनमा समेत कम्पनीले अभिकर्ताहरुको सीप विकास तथा मनोवल अभिवृद्धि लागि विभिन्न कार्यक्रम संचालन गर्ने बताए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले अभिकर्ताहरुको सिकाईमा थप टेवा पुग्ने बताए । व्यक्तित्व विकासमा सहयोग पुर्याउनुका साथै व्यवसाय विस्तारका लागि समेत उपयोगी सीपहरु विकास गर्न सहज हुने उनको भनाइ छ ।

असोज मसान्त सम्ममा कम्पनीको लगानी १४९.७६ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १४२ अर्ब ९ करोड रुपैयाँ रहेको छ । यस्तै, कम्पनीको सेयरधनी कोष ११ अर्ब ३ करोड रुपैयाँभन्दा बढी रहेको छ । कम्पनीमा २ लाख १२ हजार ३६२ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत् सेवा प्रदान गरिरहेको छ । कम्पनीले हालसम्म १९७.१८ अर्ब रुपैया बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले २१ वटा बीमा योजना अन्तर्गत ३१ लख १५ हजार ४२० बीमालेख जारी गरिएको छ ।

Share News