२० अंकले बढ्यो सेयर बजार, झण्डै साढे ५ अर्बको कारोबार

<p>काठमाडौं । आइतबारको सेयर बजार २०.५५ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार आइतबार सेयर बजार बढेर २१६४.४८ अंकमा पुगेको छ । आज नेप्सेमो १ करोड ४१ लाख कित्ता सेयर किनबेच हुँदा पाँच अर्ब ४५ करोड रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार हुने कम्पनी हिमालयन डिस्टिलरी रहेको छ । कम्पनीको आज [&hellip;]</p>

काठमाडौं । आइतबारको सेयर बजार २०.५५ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार आइतबार सेयर बजार बढेर २१६४.४८ अंकमा पुगेको छ ।

आज नेप्सेमो १ करोड ४१ लाख कित्ता सेयर किनबेच हुँदा पाँच अर्ब ४५ करोड रुपैयाँको कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार हुने कम्पनी हिमालयन डिस्टिलरी रहेको छ । कम्पनीको आज २१ करोड रुपयाँको सेयर कारोबार भएको छ । यस्तै, शिवम् सिमेन्टको १९ करोड ६८ लाख रुपैयाँको र रिडी पावरको १५ करोड ७१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

नेप्सेको अनुसार आज खप्तड लघुवित्त र बारही हाइड्रोपावरको सेयरमा सर्किट लागेको छ ।

Share News