काठमाडौं । पालुन खोला हाईड्रोपावर कम्पनीले १९ लाख कित्ता आइपीओ जारी गर्ने भएकाे छ । कम्पनीले स्थानियवासी र सर्वसाधारणकाे लागि आइपीओ जारी गर्ने भएकाे भएकाे हाे ।
कम्पनीले उक्त सार्वजनिक निष्काशन गर्नेका लागि प्रभु क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
आइतबार सम्पन्न भएकाे सो नियुक्ति सम्बन्धी सम्झौतामा पालुन खोला हाईड्रोपावर कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष पुष्प ज्योति ढुंगाना तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।
पालुन खोला हाईड्रोपावर कम्पनीले ताप्लेजुङ्ग जिल्लाको मिखवा गाउँपालीकामा अवस्थित पालुन खोलामा २१ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।