ब्रोकर एशोसिएसनको अध्यक्षमा सापकोटा निर्वाचित, कार्यसमितिमा को-को चयन भए ?

<p>काठमाडौं । स्टक ब्रोकर एशोसिएसनको नयाँ कार्यसमितिको अध्यक्षमा सापकोटा निर्वाचित भएका छन् । सेयर ब्रोकरहरुको छाता संगठन नेपाल स्टक ब्रोकर एशोसिएसनको अध्यक्षमा धर्मराज सापकोटा निर्वाचित भएका हुन् । उनले प्रतिद्वन्द्वी गुणनिधि भुसाललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । सापकोटाले २८ मत ल्याएका थिए भने भूसालले १६ मत मात्रै ल्याए । ब्रोकर्स एसोसिएसनको २८ औँ [&hellip;]</p>

काठमाडौं । स्टक ब्रोकर एशोसिएसनको नयाँ कार्यसमितिको अध्यक्षमा सापकोटा निर्वाचित भएका छन् । सेयर ब्रोकरहरुको छाता संगठन नेपाल स्टक ब्रोकर एशोसिएसनको अध्यक्षमा धर्मराज सापकोटा निर्वाचित भएका हुन् ।

उनले प्रतिद्वन्द्वी गुणनिधि भुसाललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । सापकोटाले २८ मत ल्याएका थिए भने भूसालले १६ मत मात्रै ल्याए । ब्रोकर्स एसोसिएसनको २८ औँ वार्षिक साधारणसभा सम्पन्न भएपश्चात् अध्यक्ष पदका लागि निर्वाचन भएको थियो ।

अध्यक्ष सापकोटा स्वर्णलक्ष्मी सेक्युरिटिज (ब्रोकर नम्बर ३७) का सञ्चालक हुन् भने भूसाल आर्यातारा सेक्युरिटिजका सञ्चालक हुन् । अध्यक्ष बाहेक अन्य कार्यसमिति पदमा भने सर्वसम्मति भएको छ ।

नयाँ कार्य समितिको उपाध्यक्षमा लिंक स्टक मार्केट सेक्युरिटीज (ब्रोकर नम्बर ४१)का सञ्चालिका सरिता अधिकारी, महासचिवमा सुनधारा सेक्युरिटीज (ब्रोकर नम्बर ५२)का सञ्चालक फणिन्द्र ढकाल, सचिवमा स्वेता सेक्युरिटीजका सञ्चालक सुयोग अधिकारी र कोषाध्यक्षमा नासा सेक्युरिटीज (ब्रोकर नम्बर ५८)का सञ्चालक मदन पौडेल निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै, सदस्यहरुमा अरुण सेक्युरिटी (ब्रोकर नम्बर ३)का सञ्चालक प्रज्वल उप्रेती, सुमेरु सेक्युरिटजी (ब्रोकर नम्बर ४९)का सञ्चालक प्रियन्सु अग्रवाल, प्रज्ञा सेक्युरिटीज (ब्रोकर नम्बर १०)का सञ्चालक मित्रालाल श्रेष्ठ र अनलाइन सेक्युरिटीज (ब्रोकर नम्बर ४९)का सञ्चालक विशाल कुमार अग्रवाल निर्विरोध निर्वाचित भएका हुन् ।

Share News